सुनको भाउमा उतारढाव कायमै, आज प्रतितोला कति रुपैयाँ पर्ला ?

काठमाडौँ / नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

हिजो सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २०० रुपैयाँ घटेको हो ।

तेजावी सुनलाई आज प्रतितोला ९३ हजार रुपैयाँ पर्नेछ भने चाँदीको भाउ स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Related Posts