किराना पसलहरु खोल्न दिन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्शले किराना पसलहरु बन्द गर्ने निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाण्डौका प्रमूख जिल्ला अधिकारीले आदेश जारी गर्दै किराना पसल बन्द गर्न आदेश दिएको प्रति चेम्बरले ध्यानकर्षण भएको जनाएको छ ।

किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्का पर्ने चेम्बरल जनाएको छ । साथै यस्तो ब्यबस्थाले किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति नहुने चेम्बरको जिकिर रहेको छ ।

चेम्बरले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष अनुरोध गरेको छ।

Related Posts