खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट

कठमाडौं, जेठ १५ गते । कोभिड रोकथाम तथा नियन्त्रणका लागि खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोष्णा गर्नु भएको हो ।
साथै उहाँले कोभिड १९को परीक्षण र उपचार निःशुल्क गरिने पनि वजेटमा उल्लेख गर्नु भएको छ । यसै गरी कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री पौडेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभएको हो ।
यसैगरी कोरोना सङ्क्रमित विरामीको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको अण्डरका कार्यन्वयनमा ल्याइने समेत उहाँले बताउनुभयो ।
त्यस्तै कोभिड विरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधान सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तता दिइएको छ ।

sorce:-गोरखापत्र अनलाइन

Related Posts