४५ अंकले ओरालो लागेर २७८२.६८ को बिन्दुमा नेप्से, कारोबार रकम भने साढे १३ अर्बमा समिति

कारोबारको दोस्रो दिन (सोमबार्र) कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ ।

कारोबार सुरु भएको ४ घण्टामा परिसुचक ४५.२५ अंकले घटेर २७८२.६८ को बिन्दुमा पुगेको छ ।

सो अवधी सम्ममा कारोबारमा आएका २१८ ओटा कम्पनीको २ करोड ९९ लाख ६ हजार १४ कित्ता शेयर १ लाख ४४ हजार ४३७ पटक कारोबार हुदाँ रू १३ अर्ब ५० करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, अन्तिम समयसम्म कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये म्युचुअल फण्ड बढेको छ भने होटल्स तथा पर्यटन,व्यापार, लघुवित्त, अन्य ,लघुवित्, बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, , निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूहको परिसूचक घटेका छन ।

यस अवधिसम्म राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९० करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. १ हजार २५६ मा कारोबार भइरहेको छ ।

Related Posts