उपत्यकामा फेरि निषेधाज्ञा थपको निर्णय आज, किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खुल्ने

काठमाडौं -काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ ।

मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि औपचारिक निर्णय बुधवारको बैठकबाट हुने भएको छ ।

मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार मात्र निर्णय हुने जनाइएको छ ।

निषेधाज्ञा थपिए पनि खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको जनाइएको छ ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौंमा वैशाख ३० गतेदेखि निषेधाज्ञा शुरू भएको थियो ।

Related Posts