निर्धन उत्थान लघुवित्तको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलकबोल गर्ने आज बिहीवार अन्तिम दिन रहेको छ । संस्थाले जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।

प्रतिशेयर न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।

शेयर खरीद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् ।

Related Posts