४३.२७ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा नेप्से,कारोबार रकम साढे ८ अर्ब नजिक

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४३.२७ अंकले बढेर २८७०.४० विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

दुई घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २१३ओटा कम्पनीको १ करोड ५१ लाख २ हजार ३४६ कित्ता शेयर कारोबार हुदाँ रु. ८ अर्ब ३१ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा सोही अवधीसम्ममा आज १३० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४६ शेयरमूल्य घटेको छ ।
६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

एक घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड, विकास बैंक, वित्त, अन्य, बैंकिङ, व्यापार,जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, र लगानी समूहको सबै परिसूचकमा हरियाली छाएको छ ।

Related Posts