अब ३ वर्षका बालबालिकालाई पनि कोरोना खोप

एजेन्सी – चीनमा ३ वर्षका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप प्रदान गरिने भएको छ ।

शुक्रबार चीन सरकारको स्वास्थ्य अधिकारीहरुले बालबालिकामा प्रयोग गर्न सकिने सिनोभ्याक बायोटेक कम्पनीको खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

यो खोप ३ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोर–किशोरीमा प्रभावकारी रहेको सिनोभ्याकले जनाएको छ । यसअघि कयौं देशले १२ देखि १५ वर्षमा बालबालिकामा कोरोनाविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ।

Related Posts