साउदीमा रहेका नेपाली श्रमिक कतार वा टर्की ट्रान्जिट भएर स्वदेश फर्कन सक्ने

काठमाडौं – कोरोना महामारीको दोस्रो लहरका कारण नेपालबाट साउदी सिधा हवाई उडानमा रोक लगाएपछि त्यहाँबाट स्वदेश फर्किने हजारौं नेपालीहरू समस्या परिरहेका बेला कतार वा टर्कीलाई ट्रान्जिट बनाएर स्वदेश फर्किन सकिने भएको छ ।

नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर स्वदेश फर्किन सक्ने साउदी स्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावास शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको भन्दै यदि नेपाल जान चाहनेहरूले यी देशलाई ट्रान्जिट बनाएर जान सक्ने दूतावासले जनाएको छ ।

कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत स्वदेश फर्किन सकिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Posts