सेयर बजार बाटो पछ्याउदैन, बाटो बनाउँछ, तर, ठोकुवा गर्न सकिदैन – रविन्द्र भट्टराईको टिप्पणी

काठमाडौं / सेयर बजार सम्बन्धी कलम चलाउँदै आएका लेखक तथा टिप्पणीकार रविन्द्र भट्टराईले सेयर बजार बाटो पछ्याउदैन, बाटो बनाउने टिप्पणी गरेका छन् ।

तर, कस्तो बाटो बन्छ त्यो ठोकुवा गर्न नसकिने उनको टिप्पणी छ । आफ्नो सामाजिक सञ्जालमार्फत विचार दिएका भट्टराईले, सपना बुन्न सजिलो भएको तर, सपना पुरा हुन गारो हुने बताए ।

सेयर बजार क्षेत्रमा बाटो आफैं बन्ने तर, कस्तो बाटो बन्ने भनि अनुमान मात्र गर्न सकिने उनको तर्क थियो ।
पढ्नुस उनको विचार

सेयर बजार । यो उक्लिन्छ । यो ओर्लिन्छ । उकाली । ओराली । माथि अनि तल । कहिले उत्तर । कहिले दक्षिण । यसको दैनिकी यसरी नै चलि रहेको हुन्छ । बजार यसरी नै हिडि रहेको हुन्छ । बजार कहिले दौडिन्छ । कहिले घस्रन्छ । सेयर बजार बाटो पछ्याउदैन ।

बाटो बनाउछ । तर कस्तो बाटो बनाउछरु त्यो भविश्यले भन्ने छ । तर यसको भविश्य कस्तो छ त्यो अहिले भन्न गारो छ । मात्र अनुमान गर्न सकिन्छ । ठोकुवा गर्न सकिदैन । हिजो जस्तो बाटो बनायो भन्न सजिलो छ । त्यसलाई हेरेर सपना बुन्न सजिलो छ । तर भोलि बनाउने बाटोका बारेमा भन्न गारो छ । सपना पुरा हुन गारो छ ।

सपना पुरा गर्न यसको चाल सँगै हजारौ मानिसहरु हिड्न खोज्छन । दौडिन खोज्छन । छाल सँगै तैरिन खोज्छन । यसका बाटामा सफलता देख्ने । यसका उकाली ओरालीमा भविश्य देख्नेको यहाँ कहिल्यै खाँचो हुदैन । खडेरी लाग्दैन । बजारमा खाँचो एउटैको छ त्यो भोलि के हुन्छ भनि ठोकुवा गर्नेको । यो खाँचो भइरहने छ ।
अभाव देखिइ रहनेछ । यो अभाव हिजो थियो । आज छ । भोलि पनि रहने छ । र रहि रहने छ ।

Related Posts