सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, चाँदी स्थिर

काठमाडौँ / आइतबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९३ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुनलाई भने प्रतितोला ९३ हजार ४०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।

Related Posts