सुरु भयो नयाँ शैक्षिक सत्र

काठमाडौं– आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । वैशाख हिनामा सुरु हुनुपर्ने शैक्षिक सत्र कोरोना महामारीका कारण यो वार्ष पछि सरेको हो ।

सैक्षिक सत्र सुरु भएको भएपनि भौतिक रुपमा कक्षा सञ्चालन भने हुन सकेको छैन । कतिपय ठाउँमा अनलाइनमार्फत् नै भर्ना विद्यालयहरुले भर्ना लिइरहेका छन् । कक्षा पनि अनलाइन मार्फत् नै सुरु भएको छ ।

विद्यालयको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालय तहको पाठ्यपुस्तक छापिसकेको र सम्पूर्ण प्रदेश कार्यालयहरुसम्म पुगिसकेको बताएको छ । पुस्तक विक्रि, वितरण हुन् थालिसकेको र केही दिनभित्र देशभरका विद्यार्थीहरुको हातमा पुस्तक पुगिसक्ने केन्द्रको भनाई छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा साउनको दोस्रो साता आएर कक्षा ११ को पढाइ भने भदौँदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

Related Posts