न्यु रेनो काइगरको बुकिङ खुला

काठमाडौँ — रेनो नेपालले द अल–न्यु काइगरको बुकिङ खुला गरेको छ ।

कम्पनीले यसको मूल्य नेपाली बजारमा २८.४९ लाख रुपैयाँ रहेको घोषणा गरेको छ ।

यससँगै रेनो काइगरका लागि बुकिङ देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कबाट सुरु भएको कम्पनीले जानकारी दिएको छ ।

रेनो काइगर एमटी र एएमटीको दुई भेरिएन्टमा १.० एल इनर्जीमा छ ।

ग्राहकले चारवटा उपलब्ध ट्रिम– आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडबाट छान्न सक्छन् ।

Related Posts