होन्डाले ल्यायो यु–गो अफोर्डेबल इलेक्ट्रिक स्कुटर, दुई भर्सनमा उपलब्ध हुने

होन्डाले चीनमा अफोर्डेबल इलेक्ट्रिक स्कुटर यु–गो लन्च गरेको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर चाइनिज आर्म उयाङ प्लेटफर्ममा तयार पारेको हो । यु–गो स्कुटर २ भर्सनमा प्रस्तुत गरिएको छ । जसमा छुट्टाछुट्टै ब्याट्री समावेश गरिएको छ ।

ब्याट्री प्याक
कम्पनीले पहिलो भर्सन स्कुटरमा १.२ केडब्ल्यु कन्टिन्युअस हब मोटर समावेश गरिएको छ, जसले १.८ केडब्ल्युको पावर आउटपुट दिन्छ । सो इलेक्ट्रिक स्कुटरको टप स्पिड ५३ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले दोस्रो भर्सनमा ८०० डब्ल्यु कन्टिन्युअस मोटर हब समावेश गरेको छ । जसको आउटपुट १.२ केडब्ल्यु रहेको छ । यसको टप स्पिड ४३ किलोमिटर रहेको छ ।

रेन्ज
होन्डाले सो दुबै इलेक्ट्रिक स्कुटरमा ४८ भोल्ट र ३० एएचको सजिलै निकाल्न सकिने लिथियम आयोन ब्याट्री जडान गरिएको छ । जसले ६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । सो इलेक्ट्रिक स्कुटरमा अतिरिक्त ब्याट्री जडान गरी १३० किलोमिटरको दुरी तय गर्न सकिने कम्पनीले जानकारी दिइएको छ ।

फिचर
सो स्कुटरमा कम्पनीले एलसीडी स्क्रिन समावेश गरेको छ । जसमा स्पिड, डिस्टेन्स, चार्ज, राइडिङ मोड जस्ता फिचरको जानकारी हेर्न सकिन्छ । साथै स्कुटरमा एलईडी हेडलाइटको साथै ट्रिपल बिम फ्रन्ट एप्रोचको साथमा उपलब्ध गराएको छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्चको अलोय ह्विल समावेश गरिएको छ ।

यसको सिटको मुनि २६ लिटरको बुट स्पेस रहेको छ । कम्पनीले सो स्कुटर १ हजार १५० डलरमा लन्च गरेको हो । हाल कम्पनीले सो स्कुटर चीनमा मात्र लन्च गरेको छ । भविष्यमा उक्त स्कुुटर भारत लगायत नेपालमा पनि लन्च गर्ने सम्भावना रहेको छ ।

Related Posts