सुनको भाउमा झिनो गिरावट

बुधबार सुनको भाउमा झिनो गिरावट आएको छ । यस अघि कारोबार भएको दिन शुक्रबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Related Posts