७३७ म्याक्सको फिर्तिपछि पनि बोइङले चीन बिक्रीको खडेरी सामना गर्ने

हङकङ-अन्ततः बोइङले ७३७ म्याक्सलाई अमेरिकी आकासमा फिर्ता ल्याउन सहमती पाएपनि चिनियाँ उड्डयन बजारमा भने उसको भविष्य अझै अन्यौल छ ।
चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी) ले अझैपनि ७३७ म्याक्सलाई उसको मुलुकमा यात्रु ओसार्नका लागि अनुमती दिन बाँकिनै छ । अमेरिकी सरकार बोइङको अवरोध हटाउन महत्वपूर्ण मानिए पनि अन्तर्राष्ट्रिय गन्तव्यहरुमा उडान भर्नु अगाडि अन्य उड्डयन नियामकहरुको स्वीकृति आवश्यक छ ।
युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले डिसेम्बरको अन्त्य वा २०२१ को सुरुमा कदम चाल्ने अपेक्षा गरेको छ ।

तर, यसमा चीनको संकेत भने संवेदनशील देखिएको छ । चीनले गत वर्ष ७३७ म्याक्सलाई ग्राउन्डेड गरेको थियो । सीएएसीले गत महिना बोइङको विमानले उडान गर्न बोइङले पुरा गर्नु पर्ने मापदण्डको बारेमा आपूm सन्तुष्ट हुनुपर्ने जनाएको थियो । यसमा विमानको ढाँचामा गरिएको परिवर्तन जुन सुरक्षित र विस्वसनीय हुन्ुपर्ने विषय आश्वस्त हुनुपर्ने विषय समावेश छ ।

“उनीहरुले मापदण्ड पुरा भएको पाएसँगै हामी उनीहरुले उडान पुनः सुरु गरेको हेर्न पाउदा खुसी हुनेछौ,” सीएएसीका निर्देशक फेङ झेङग्लिनले बताए ।

Related Posts