५ र १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । बैंकले साविक कै आकार र रङमा नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

बैंकले ५ रुपैयाँको संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ सम्मको नोट मङ्सिर १० देखि चलनचल्तीमा ल्याउन लागेको हो । त्यस्तै बैंकले १० रुपैयाँको संकेत नम्बर ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्मको नोट मङ्सिर १० गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।

Related Posts