मुक्तिनाथ विकास बैंकले ल्यायो अनलाइन कर्जा योजना

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited मा कर्जाको लागि अनलाईनबाट नै आवेदन दिन सकिने भएको छ । बैंकले कोरोनाको महामारीलाई ध्यानमा राख्दै अनलाइन कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सकिने छ । साथै कर्जा स्वीकृतिकालागी आवश्यक पर्ने कागजात समेत अनलाइनमार्फत नै प्रस्तुत गर्न सकिने जनाइएको छ । ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखामा अनलाइननै छनोट गरी कर्जा आवेदन दिन सकिने साथै छ ।

अवेदन एिको ७ कार्य दिनभित्रनै कर्जा स्वीकृती हुने जनाइएको छ ।

Related Posts