सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढ्यो, नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर कायम

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ मिटर ८ हजार ८ सय ४८ दशमलव ८६कायम भएको छ । आज नेपाल र चीनले आयोजना गरेको भर्चुअल माध्यमाबट एक पत्रकार सम्मेलन मार्फत संयुक्त रुपमा उक्त उचाई सार्वजनिक गरिएको हो ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका छन् । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गरिएको हो ।

निजामती कर्मचारीको टोलीले शिखरमा पुगेर तथा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो ।

Related Posts