कोभिड-१९ का कारण ९ महिनादेखि बन्द काठमाडौं-दिल्ली उडान सुरू

काठमाडौं। कोभिड-१९ को महामारीका कारण गत वर्षको चैत १० गतेदेखि बन्द भएको नेपाल-भारत उडान नौ महिनापछि पुनः आजदेखि सुरू भएको छ।

राष्ट्रिय ध्वजाबाहेक कम्पनी नेपाल एअरलाइन्सका अनुसार आजदेखि काठमाडौं-दिल्ली दोहोरो उडान सुरू भएको हो।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारी रोकथाम तथा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदा नेपाल-भारतको उडान पनि प्रभावित बनेको थियो।

नेपाल र भारत दुवै देशका सरकारले उक्त प्रतिबन्ध खुकुलो बनाएसँगै आज पुस २ देखि उडान सुरू भएको एअरलाइन्सले जानकारी दिएको छ। उडान सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४१ जना यात्र बोकेर नेपाल एअरलाइन्सको न्यारोबडी ए ३२० दिल्लीतर्फ उडेको छ।

यस्तै, भारतको संघीय राजधानी दिल्लीबाट एअर इन्डियाले नेपालतर्फ उडान भर्ने छ। कोभिड-१९ को कारणबाट लामो समयसम्म उडान स्थगित हुँदा यात्रुहरुको आवागमन चापमा परेको प्रभाव अध्ययन गरी उडान संख्यामा समायोजन गर्न सकिने एअरलाइन्सले जानकारी दिएको छ।

Related Posts