आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं। आज सुन भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज तोलामा सुनको भाउ ४०० ले बढेको हो। जसअनुसार आज छापावाल सुनको भाउ तोलको ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजाबी सुनको भाउ तोलामा ९३ हजार ५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ हिजो एकै दिन तोलामा ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आजपनि उकालो लागेसँगै दुई दिनमा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ।

यसैगरी, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले उकालो लागेको छ। हिजो तोलामा एक हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २५५ रुपैयाँ कायम छ।

Related Posts