प्रतिनिधिसभा विघटनको कारणसँगै सर्वोच्चले मागेको ‘एमिकस क्युरी’ के हो ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा संवैधानिक इजलासमा भएको बहसपछि सर्वोच्च अदालतको कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरासहित ५ जना न्यायधीको बेन्चमा भएको बहसपछि विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ । योसँगै सर्वोच्चले ‘एमीकस क्युरी’ पनि मगाउने भएको छ ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख मेतलाई विपक्षी बनाई दायर भएका १४ वटा रिटलाई एकै ठाउँमा राखेर सुनुवाई भएको हो । बहसपछि आदेश जारीसँगै सर्वोच्चले एमिकस क्युरी पनि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेपछि यो धेरैलाई अनौठो लागेको छ ।

एमिकस क्युरी भनेको अदालतको सहयोगी हो । यसबारे कानुनमा नै स्पष्ट व्यवस्था छ । सोही अनुसार सर्वोच्चले नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी माग गरेको हो ।

Related Posts