प्रधानमन्त्रीलाई रामनारायण विडारीको प्रश्न, ‘२०४७ सालको संविधान हेरेर संसद भंग गर्ने ?’

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले २०४७ सालको संविधान हेरेर प्रतिनिधिसभा भंग गरेको टिप्पणी गरेका छन् । नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने अधिकार नभएको भन्दै विडारीले ‘२०४७ सालको संविधानको आधारमा संसद विघटन गर्ने ?’ भन्दै प्रश्न गरे ।

‘संविधान मस्यौदा गर्दा १५ जनाको कार्यदल बनाइएको थियो म पनि थिएँ । कृष्ण सिटौला सुवासचन्द्र नेम्वाङ र केपी शर्मा ओली थिए । त्यो बेलाको टेप रेकर्ड सुनाईयोस् । अनि बल्ल थाहा हुन्छ हामी कति लाजमर्दो काम गरेका रहेछौँ’ विडारीले आक्रोशित हुँदै भने ।

Related Posts