‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता

‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हालै स्थापना भएको राष्ट्रिय खाद्य बैक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग यस बैंकको उद्देश्यमाथि ले संक्षिप्त कुराकानीको सारसंक्षेप ।

राष्टिय खाद्य बैक भनेर खोल्नु भएको छ, यो किन आवश्यक छ?
आजको खाद्य आवश्यकता पुर्ती गर्दै भोलीका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको हो । हामी यसलाई दरोसँग संस्थागत गर्न अहिले देशब्यापी दौडाहामा छौ ।
हामीले यस बैकले गर्ने काम अघिबढाइ सकेका छौ । यो नेपालको पहिलो खाद्य बैंक पनि हो । तीन महिना अगाडि मात्र यसको स्थापना भएको हो । नेपालको माटो, हावापानी सुहाउँदो बैंक हो । यसले खाद्यान्न सम्बन्धी काम गर्छ । उत्पादन, भण्डारण, विक्री वितरण, प्याकेजिङ्गको काम आफै गर्छ । धान, गहुँ, कोदो, फापर, माछा, मासु, जौ, गेडागुडी, दूध, जडीबुटी, फलफूल, चिया कफी सबै उत्पादन गर्छ ।

कति पूँजीबाट यस बैकको स्थापना भएको हो ?
दुइ अर्ब रकमबाट यस बैकको स्थापना गर्न लागेका हौं । जुन पब्लिक शेयरबाट संञ्चालन गरिनेछ । एक हजार जना संस्थापक शेयर बनाउने हाम्रो लक्ष्य हो । जुन पुग्न लागि सकेको पनि छ ।

यस बैकको लक्ष्य उदेश्य र संगठनात्मक ढाँचाबारे पनि केही बताइदिनुहोस् न ?
कृषि उत्पादन र व्यापारमा जोडदिने हिसावले यो स्थापना भएको हो । अहिले यस बैकको केन्द्रिय कार्यालय काठमाण्डौ र सात वटै प्रदेशहरु शाखा कार्यालयहरु खेल्दै छौ। देशभरका सबै स्थानिय तहमा पुग्ने हाम्रो लक्ष्य हो । राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउने अभियानमा सहयोग गर्ने हाम्रा अभिप्राय हुन् । आवश्यक ज्ञान,सीप, प्राविधिज्ञ, विउ, विजन, मल,दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरुको सहभागितामा यस बैक आफनो कार्यमा जुटेको अवस्था हो ।

यस बैकले आफैमात्र कृषि उत्पादन गर्छ कि कृषहरुलाई पनि प्रोत्साहन गर्छ ?
–आफू पनि उत्पादन गर्छ र कृषकहरुलाई पनि सँगै लिएर जान्छ । कृषिमा काम गर्ने, कृषि सहकारी, कृषिमा काम गर्ने प्राइभेट कम्पनी, नियामक निकायबाट स्विकृत लिएका महिला, युवा, उपभोक्ता समूहरुलाई सँगै लिएर जान्छ । कृषिमा आवद्ध भएका सबैलाई लिएर जान्छ । विउ, प्रांगरिक मल पनि दिन्छ । उत्पादन गरेको सामानहरु खरिद पनि गरिदिन्छ । प्राविधिक ज्ञान पनि दिन्छ, यस बैंकले अनुदानको काम पनि गर्छ । रैथाने विउ विजन लोप हुने अवस्था छ त्यसलाई संरक्षण गर्ने काम गर्छ । थोरै ठाउँमा धेरै उत्पादन गर्ने काम गर्छ । आधुनिकरण पनि गर्छन । यसले कृषि र टुरिजमलाई जोड्ने काम गर्छ । कृषि पेशालाई सम्मानित, व्यवसायिक पेशा बनाउने काम गर्छ । कृषकहरुको पनि गाडी चढेर हिडने गरी आर्थिक अवस्थामा सुधार ल्याउँछ । रोजगारी सिर्जना गर्छ,

यस बैकलाई पुँजीगत रुपमा सरकारको पनि योगदान छ कि ?
–अहिले सरकारको लगानी छैन । प्राइभेट सेक्टरको मात्र लगानी छ । काम गर्दै जाँदा सबैसँग सहकार्य गर्दै जान्छौं ।

कति जनाको कार्य समिति छ ?
–यो एघार जनाको हुन्छ । पब्लिक लिमिटेडको कम्पनी नियम अनुसार सञ्चालन हुन्छ । हाल ७ जनाको कमिटी छ । हामीसँग अत्यन्तै विज्ञहरुको समूह छ । कृषिका विज्ञहरु हुनुहुन्छ । भोलामान सिंह बस्नेत धानको विज्ञ हुनुुहुन्छ । सबै विषयमा पिएचडी गर्नुभएका डा.हरुको समूह छ । इजरायल, जापान, जर्मन गएर सिकेर आउनु भएका विज्ञहरु हुनुहुन्छ । विएसी एजी गरेका विज्ञहरु हुनुहुन्छ ।
सबै भन्दा माथि हामीलाई गाइड गर्ने टिम छ । यसका अलावा दुई सय जनाको अर्को एउटा विज्ञहरुको टिम छ सबै प्रकारको टिमले उत्पादनका काममा सरिक हुने गरी कार्यक्रम, योजना बनाएर
लागिरहनु भएको छ । केही समय पछि नै यसको प्रतिफल देखिन्छ । कृषिको लागि यो नयाँ आयाम हो, नयाँ क्रान्ति, नयाँ काम हो । जसले उत्पादन गर्छ उसैले उपभोक्ता सम्म पु¥याउँछ । बाँझो बसेका जग्गामा उत्पादन शुरु हुन्छ । समृद्धि ल्याउने काम बैंकले गर्छ ।

यस बैकले के के गर्छ ?
खानेकुरामा जुन खालको विशाक्क्त छ । त्यसलाई रोक्न यस बैकको प्रयास हुन्छ । त्यसैगरी बैकले सम्र्पूण प्रकारको खाधन्य, गेडागुडी, हरिया तरकारी, दुध, अण्डा, माछामासु, फलफुल, जडिवुटी, चिया आदि उत्पादन गर्ने र उपभोक्तासम्म पुर्याउने काम गर्छ । त्यस्तै यसबैकले कृषि अनुसन्धान पनि गर्छ । जसका लागि हामीले टीम नै खडा गरिसकेका छौ । आधुनिक र अग्यानिक कृषि उत्पादनमा हाम्रो जोड रहन्छ ।

अन्त्यमा, यस बैकले आफना लक्ष्य उदेश्य बमोजिमका कामहरु एक्लै गर्छ कि सहकार्य पनि गर्छ?

खासगरी हामी सहकार्यमा नै अधारित भएर नै काम गर्छौ । कृषि कार्यमा लागिरहेका कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कृषि संघसस्थाहरु, गैरसरकारी संघसस्थाहरुसँग उत्पादन र बजारिक सम्बन्धमा सहकार्य गर्दै अघि बढ्छौ ।

Related Posts