काठमाडौं – अर्थ मन्त्रालय भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्टका लागि अनलाइन दरखास्त मागेको छ ।
विभागले सोमबार एक सूचना प्रकाशित गर्दै इजाजत पत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेको हो ।
यो लाइसेन्सका लागि आवश्यक न्युनतम योग्यतामा २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको छ ।
दरखास्त वैशाख ५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ ।
12