रुरु हाइड्रोको आईपिओमा पहिलो दिन मै १२ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै झन्डै १२ गुणाको आवेदन परेको छ । अजह शुक्रबार साँझ ५:३० बजेसम्ममा कम्पनीको आईपिओमा २ लाख ९३ हजार ९ सय ७६ जना आवेदकबाट ४५ लाख ४२ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ११.९८ गुणा बढी हो ।

कम्पनीले आज चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणकोलागी बिक्रि खुला गरेको हो ।

जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनी प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिरी गर्न लागेको हो । लगानीकर्ताले यस आईपिओमा चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले यस अघि फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पना गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *