व्यवसायिक कृषिमा लाग्नेहरुको सङ्ख्या बढ्यो

पाँचथर
सरकारले किसानलाई सहयोग पुग्ने खालका योजना बनाएपछि व्यवसायिक कृषिमा लाग्नेहरुको सङ्ख्या बढेको छ । एक्लाएक्लै खेति किसानी गर्नुभन्दा पनि प्राय किसान समूहमा आबद्ध हुन थालेका छन् र सामुहिक खेति गर्न थालेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ सफाबुङबाका स्थानीय कृषि फर्म दर्ता गरेरै सामूहिक तरकारी खेतिमा लागेका छन् । तरकारी फलाएर राम्रो आम्दानी हुने देखेपछि तीन वर्ष यता सामूहिक तरकारी खेति थालेको स्थानीय बताउँछन् । व्यवसायिक तरकारी खेतिबाट स्थानीयले ५ लाखसम्म आम्दानी गर्दै आएको एकजना किसान तेज प्रकाश लावतीको भनाई छ । वर्षौंदेखि बाँझो रहेको करिब १५ रोपनी जमिनमा तरकारी फलाईएको छ । कृषि कर्ममा वैदेशिक रोजगारीबाट फर्किएका युवा र विभिन्न सरकारी सेवाबाट अबकाश पाएकाहरु जोडिएका छन् । उत्पादित तरकारी कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार, सदरमुकाम फिदिम र तराईका झापा मोरङ लगायतका बजारमा विक्री हुने गरेको छ । किसानको सामुहिक खेति र मिहेनत देखेर स्थानीय सरकारले पनि दुई लाख रुपैयाँ बराबरको अकबरे खुर्सानीको विरुवा सहयोग गरेको छ । साथै उत्पादित तरकारीको बजार व्यवस्थापनमा पनि जुट्ने वडा नम्बर १ का अध्यक्ष देबेन्द्र कुमार लावतीको भनाई छ । सामूहिक खेतिमा प्रोत्साहन गर्न किसानहरुलाई प्रदेश १ सरकारले समेत पाँच लाख रुपैयाँ अनुदान दिएको छ ।

Related Posts