कालिका लघुवित्तको शेयरमूल्य समायोजन

२२ चैत, काठमाडौं । चैत २२ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कालिका लघुवित्त लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १२९१ कायम भएको छ।

नेप्सेले लघुवित्तको अघिल्लो कारोबार दिनको आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार कालिका लघुवित्तको शेयर प्रतिकित्ता १४२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले बैशाख ७ गते, पोखरा महानगरपालीका १२ बुद्ध चोक कास्की, होटल तारक इन्टरनेशनलमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *